+
+
Shares

बालेनको घरको गेट फुटाइयो, चोरीको आशंकामा अनुसन्धान गर्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १७ गते १०:४२

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ ।

शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । चोरीको आशंकामा अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए ।

झापा-५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि कर्णाली पुगेका छन् । घरमा को-को थिए ? के चोरी भयो या भएन भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?