+
+
Shares

‘फेसबुक फलोअर्स’ संख्यामा बालेनले रेखालाई उछिने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘म्युजिसियन र ब्यान्ड’ लेखिएको बालेनको अफिसियल फेसबुक पृष्ठलाई सोमबार राती ८ बजेसम्म ३४ लाख ६० हजार ७८६ जनाले पछ्याएका छन् ।
  • बालेन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन्।

काठमाडौं । हिपहप कलाकार बालेनले सामाजिक सञ्जाल फेसबुकमा अभिनेत्री रेखा थापालाई उछिनेका छन् ।

‘म्युजिसियन र ब्यान्ड’ लेखिएको बालेनको अफिसियल फेसबुक पृष्ठलाई सोमबार राती ८ बजेसम्म ३४ लाख ६० हजार ७८६ जनाले पछ्याएका छन् ।

सोही अवधिससम्म रेखालाई पछ्याउनेको संख्या ३४ लाख ४६ हजार १५६ छ । पछिल्लो समय राजनीति ज्वाइन गरेका बालेन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार हुन् ।

खास नाम बालेन्द्र शाह भएपनि उनको स्टेज नेम ‘बालेन’ हो । काठमाडौं महानगरको मेयर बन्नुअघि उनी नेपालको अन्डरग्राउन्ड र्‍यापमा निकै चर्चित थिए । ‘र बार्ज’ बाट उनी एकाएक भाइरल बने ।

बालेनको हिपहप गायन समाज र राजनीतिक प्रेरित काव्यीक शैलीको मानिन्छ । बालेनले पछिल्लो समय ‘झरीपछिको इन्द्रेणी’ को ट्रयाकमा स्वर दिएका थिए, जुन अहिले निकै हिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?