+
+
Shares

बालेनले युट्युबमा सार्वजनिक गरे फिल्म ‘झरीपछिको इन्द्रेणी’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:१८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'झरीपछिको इन्द्रेणी' भ्रष्टाचार र बेथितीविरुद्धको कथामा बनेको छ र प्रजातन्त्र दिवसको अवसरमा बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको छ।
  • निर्देशक अर्जुन घिमिरे 'पाँडे'ले फिल्मले सुशासनको पक्षमा जेनजी पुस्ताले गरेको आन्दोलनलाई चित्रण गरेको उल्लेख गर्नुभयो।
  • फिल्म ४ पुसदेखि हलमा रिलिज भएको थियो र यसको ओएसटी गीत 'आमनेपाली बुवा' युट्युबमा ६४ लाख पटक हेरिएको छ।

काठमाडौं । भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको छ ।

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्मले सुशासनको पक्षमा जेनजी पुस्ताले गरेको आन्दोलनलाई पनि चित्रण गर्छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचन आउन दुई साता बाँकी रहँदा फिल्मलाई युट्युबमा सार्वजनिक गरिएको हो । निर्देशक पाँडेका अनुसार मुलकको समय र सन्दर्भको कारणले पनि दर्शकमाझ फिल्म रिलिज गरिएको हो ।

‘यो चेतना जगाउने फिल्म हो । फिल्ममार्फत भएपनि हामी नागरिकलाई सुशासन र न्यायको पक्षमा चेतना जागृत गर्न चाहन्छौं’ निर्देशक पाँडेले भने, ‘फिल्मलाई युट्युबमा ल्याउने यो उचित समय भएकाले पनि हामीले रिलिज गरेका हौं ।’

४ पुसदेखि हलमा रिलिज भएको फिल्मले उत्कृष्ट प्रतिक्रिया पनि प्राप्त गरेको थियो । फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी लगायतको शीर्ष भूमिका छ ।

यो फिल्मको ओएसटी गीत ‘आमनेपाली बुवा’ पनि बालेनको युट्युब च्यानलबाट रिलिज भएको थियो, जसलाई अहिलेसम्म ६४ लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?