Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- झरीपछिको इन्द्रेणी फिल्मले प्रदर्शनको १६ दिनसम्म देशब्यापी ९३ लाख ८३ हजार ५१६ नेरु ग्रस कमाइ गरेको छ।
- फिल्मले १९ पुससम्म २९ हजार ६८३ वटा टिकट बेचेको छ र अहिलेसम्म १ करोड नेरु कमाउन सकेको छैन।
- काठमाडौं महानगरका मेयर बालेन शाहसहित टिमले प्रचार गरे पनि फिल्मले १ करोड कमाउन नसकेको छ।
काठमाडौं । ‘झरीपछिको इन्द्रेणी’ फिल्मले प्रदर्शनको १६ दिनसम्म देशब्यापी ९३ लाख ८३ हजार ५१६ नेरु ग्रस कमाइ गरेको छ । फिल्मले अहिलेसम्म पनि १ करोडको आँकडा पार गर्न सकेको छैन ।
सिनेपाः बक्सअफिसले सोमबार पछिल्लो शनिबार (१९ पुस) सम्मको कलेक्सन विवरण बाहिर ल्याएको छ । सोही अवधिसम्म फिल्मले २९ हजार ६८३ वटा टिकट बेचेको छ ।
काठमाडौं महानगरका मेयर बालेन शाहसहित उनी निकट टिमले गरेको ब्यापक प्रचारप्रसारको बाबजुद पनि फिल्मले १ करोड कमाउन नसकेको हो ।
आउने सप्ताहन्त यो फिल्मले कस्तो पिकअप लिन्छ, त्यो हेर्न बाँकी छ । अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म भ्रष्टाचार र बेथितीविरुद्ध युवापुस्ताले थालेको संघर्षमा केन्द्रित छ ।
यो फिल्मबाट पाका अभिनेता गणेश उप्रेतीले लामो समयपछि पुनरागमन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4