News Summary
Generated by OK AI. Editorially reviewed.- रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू फिल्म ‘झरीपछिको इन्द्रेणी’ हेर्न कमलपोखरीस्थित बिग मूभिजमा पुगेका छन्।
- फिल्म ‘झरीपछिको इन्द्रेणी’ जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको छ र ४ पुसदेखि हलमा रिलिज भएको छ।
- यो फिल्मले शनिबारसम्म ६२ लाख ६९ हजार नेरु ग्रस कमाएको छ र निर्देशक पाँडेको डेब्यू निर्देशन हो।
काठमाडौँ । सभापति रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू फिल्म ‘झरीपछिको इन्द्रेणी’ हेर्न कमलपोखरीस्थित बिग मूभिजमा पुगेका छन् । अहिले उनीहरूले आयोजित विशेष शोमा फिल्म हेरिरहेका छन् ।
रविसहित चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी पत्नी निकिता पौडेल, रास्वपा नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, गणेश कार्की लगायत पनि हलभित्र छन् ।
रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका गायक प्रकाश सपुत तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा पनि फिल्म हेर्न पुगेका छन् ।
निर्देशक अर्जुन घिमिरे पाँडेसहित फिल्मका कलाकार पनि त्यहाँ छन् । काठमाडौं महानगरका मेयर समेत रहेका रास्वपा नेता बालेन्द्र शाहले समेत प्रचार गरेको यो फिल्म अहिले हलमा चलिरहेको छ ।
बालेन निकट फिल्मकर्मी तथा कलाकार पाँडेको डेब्यू निर्देशन रहेको यो फिल्म जेनजी आन्दोलनको पृष्ठभूमिमा केन्द्रित छ । रवि र बालेन सहमतिको सूत्रधार मध्येका एक कुमार व्यञ्जनकारले सोमबार बेलुका कूलमान घिसिङलाई सहमतिमा ल्याइसकेपछि फेसबुकमा लेखेका थिए- कस्तो लाग्यो त झरीपछिको इन्द्रेणीको क्लाइमेक्स ?
व्यञ्जनकार र रास्वपा नेता कार्कीले समेत यो फिल्मको लेखनमा सहकार्य गरेका छन् । ४ पुसदेखि हलमा रिलिज भएको यो फिल्मले पछिल्लो शनिबारसम्म ६२ लाख ६९ हजार नेरु ग्रस कमाएको छ ।
प्रतिक्रिया 4