News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘झरीपछिको इन्द्रेणी’ ४ पुसदेखि प्रदर्शनमा छ र शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ।
- फिल्मले चर्चित नेवारी गायक रोजमान महर्जनको स्वरमा तयार भएको भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरेको छ।
- फिल्मले देशको राजनीतिक अस्थिरता, जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ।
काठमाडौं । ४ पुसदेखि प्रदर्शन भैरहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले शुक्रबार चर्चित नेवारी गायक रोजमान महर्जनको स्वरमा तयार भएको भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरेको छ ।
भजन गीतमा महर्जनसहित रत्नशोभा महर्जन र दीपा महर्जनको स्वर छ । संगीत संयोजन सुरेन्द्र श्रेष्ठको छ । यो फिल्मबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि पुनरागमन गरेका हुन् ।
फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य लगायतको अभिनय छ । फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् ।
पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री हुन् । नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ ।
फिल्ममा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।
प्रतिक्रिया 4