+
+
Shares

क्यूएफएक्सले जानाजान ‘झरीपछिको इन्द्रेणी’ लाई शो दिएन : निर्देशक पाँडे

यसअघिका कुनै कारणले फिल्मलाई शो नदिएको हुनसक्ने उनले बताए । ‘के के कारण हुनसक्ने भन्नुभएको छ । त्यसको पछाडि लाग्दै हिँड्ने कुरा पनि भएन’ पाँडेले भने । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'झरीपछिको इन्द्रेणी' का निर्देशक अर्जुन घिमिरे 'पाँडे' ले क्यूएफएक्स हलले फिल्मलाई जम्मा ५ शो मात्र दिएको गुनासो गरेका छन्।
  • पाँडेले भने, 'दर्शक भएपछि त शोज थप्नु पर्‍यो नि' र हिन्दी फिल्मलाई २०० भन्दा बढी शो दिइएको बताए।
  • फिल्म ४ पुसदेखि प्रदर्शनमा छ र दोस्रो सातामा प्रवेश गरेको छ, जसले राजनीतिक अस्थिरता र नयाँ पुस्ताको आकांक्षा समेटेको छ।

काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ लाई शो नदिएर क्यूएफएक्स हलले हेला गरेको यसका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ ले गुनासो गरेका छन् । पत्रकार भेटघाटमा उनले उक्त हलले फिल्मलाई हेला गरेको बताए ।

उक्त हलले देशभर जम्मा ५ शो दिएको उनको भनाइ छ । पाँडेले भने, ‘एउटा फिल्मले क्यूएफएक्समा पाउने शो यति हो र ? सुरुमा थोरै शो दिए पनि दर्शक बढेपछि शो बढाउँछ भन्ने लागेको थियो । तर अहिलेसम्म बढाइएको छैन’ उनले भने ।

उनले अघि भने, ‘अहिले पनि हेर्ने हो क्यूएफएक्समा फिल्मले पाएको सबै शो भरिभराउ छन् । दर्शक भएपछि त शोज थप्नु पर्‍यो नि ।’ जानाजान आफ्नो फिल्मलाई शो नदिएको उनको गुनासो छ ।

‘आजबाट रिलिज भएका हिन्दी फिल्ममा कति दर्शक हुन्छन् थाहा छैन । त्यसलाई २०० बढी शो दिएको छ’, पाँडे भन्छन्, ‘दर्शकको भएको नेपाली फिल्मलाई किन जम्मा ५ शो ।’

यसअघिका कुनै कारणले फिल्मलाई शो नदिएको हुनसक्ने उनले बताए । ‘के के कारण हुनसक्ने कुरा वितरकले भन्नुभएको छ । त्यसको पछाडि लाग्दै हिँड्ने कुरा पनि भएन’ पाँडेले भने ।

उक्त फिल्म ४ पुसदेखि प्रदर्शनमा आएको हो । शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले पहिलो साता उत्साहजनक व्यवसाय गरेको पाँडेले बताए ।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य लगायतको अभिनय छ ।

अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि र रमेश ७ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा कमव्याक गरेका छन् । नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?