+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

क्यूएफएक्सले दियो ‘परान’ लाई सुपरहिटको मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यूएफएक्सले नीर शाह स्टारर फिल्म 'परान' लाई दोस्रो सातामा पनि सुपरहिट घोषणा गरेको छ।
  • फिल्मले आगामी सप्ताहन्तमा १२ देखि साढे १२ करोड रुपैयाँ कमाइ गर्ने प्रक्षेपण गरिएको छ।
  • क्यूएफएक्सका १६ हल र ३८ पर्दामा 'परान' ले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिरहेको छ।

काठमाडौं । मुलुकको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘परान’ लाई सुपरहिट घोषणा गरेको छ । पहिलो सातामा ‘सुपरहिट’को संज्ञा पाउनु नयाँ नभएपनि दोस्रो सातामा भने विरलै हुने कुरा हो ।

दोस्रो सातामा नीर शाह स्टारर फिल्मले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिरहेको देखिएको छ । फिल्मले आगामी सप्ताहन्तमा १२ देखि साढे १२ करोडसम्मको कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

अहिलेको गति कायम रहे, यो फिल्म केही दिनमा २०८२ सालमा सर्वाधिक कमाउने फिल्म बन्नेछ ।

चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा दीपक आचार्य काकु निर्देशित फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टले जनाएको छ ।

आफ्ना हलमा कुनै फिल्मले सप्ताहन्त (विकेन्ड)मा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै फिल्मले साताभर सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गर्ने क्यूएफएक्सको मापदण्ड छ ।

तर, कुनै पनि फिल्मले अहिलेसम्म ब्लकबस्टरको मापदण्ड हासिल गर्न सकेका छैनन् ।

हलमा तोकिएको कमाइ पुरा गरेमा अटोमेटिकरुपमा वेबसाइटमा ट्याग देखापर्ने टिम क्वेस्टको भनाइ छ । अहिले देशभर क्यूएफएक्सका १६ हल र ३८ पर्दा छन् ।

पछिल्लो समय अन्य दुई नेपाली फिल्महरू ‘जेरी अन टप’ र ‘जारी २’ ले क्यूएफएक्सबाट सुपरहिटको मान्यता पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?