News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'झरीपछिको इन्द्रेणी' ले घरेलु बक्सअफिसमा १ करोड १२ लाख ३८ हजार ९०४ नेरु ग्रस कमाएको छ।
- 'परान' फिल्मले देशब्यापी १७ करोड ७४ लाख २२ हजार १९० नेरु ग्रस कमाएको छ र ६ लाख २९ हजार ६९० टिकट बिक्री भएको छ।
- 'मुगलान' फिल्मले ६ लाख ३१ हजार ९४४ नेरु ग्रस कमाएको छ र २४०० टिकट बिक्री भएको छ।
काठमाडौं । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा १ करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरेको छ । पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा कूल कमाइ १ करोड १२ लाख ३८ हजार ९०४ नेरु ग्रस छ ।
सोही अवधिमा फिल्मका ३५ हजार ८४२ वटा टिकट बिकेका छन् । काठमाडौं महानगरका मेयर तथा रास्वपा वरिष्ठ नेता बालेनले पनि यो फिल्मको प्रचार गरेका थिए ।
‘परान’ ले सोही अवधिसम्म देशब्यापी १७ करोड ७४ लाख २२ हजार १९० नेरु ग्रस कमाएको छ । यसका ६ लाख २९ हजार ६९० वटा टिकट बिकेका छन् ।
‘मुगलान’ ले ६ लाख ३१ हजार ९४४ नेरु ग्रस कमाएको छ । यो फिल्मका २४०० टिकट बिकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4