+
+
Shares

बालेनको युट्युब च्यानलबाट बिहीबार रिलिज हुँदैछ ‘झरीपछिको इन्द्रेणी’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘झरीपछिको इन्द्रेणी’ भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको छ र प्रजातन्त्र दिवसको अवसरमा बालेन शाहको युट्युब च्यानलबाट रिलिज हुने भएको छ।
  • निर्देशक अर्जुन घिमिरेले यो फिल्म सुशासन र न्यायको पक्षमा चेतना जागृत गर्ने उद्देश्यले रिलिज गर्न लागिएको बताउनुभयो।
  • फिल्मले जेनजी पुस्ताले गरेको आन्दोलनलाई चित्रण गर्छ र यसमा गणेश उप्रेती, रमेश उप्रेती लगायतको भूमिका छ।

काठमाडौं । भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बालेन शाहको युट्युब च्यानलबाट रिलिज हुने भएको छ ।

निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ का अनुसार बिहान १० बजेदेखि दर्शकले यो फिल्मलाई युट्युबमा हेर्न पाउनेछन् । फिल्मले सुशासनको पक्षमा जेनजी पुस्ताले गरेको आन्दोलनलाई पनि चित्रण गर्छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचन आउन दुई साता बाँकी रहँदा फिल्मलाई युट्युबमा ल्याउन लागिएको हो । निर्देशक पाँडेका अनुसार मुलकको समय र सन्दर्भको कारणले पनि दर्शकमाझ फिल्म रिलिज गर्न लागिएको हो ।

‘यो चेतना जगाउने फिल्म हो । फिल्ममार्फत भएपनि हामी नागरिकलाई सुशासन र न्यायको पक्षमा चेतना जागृत गर्न चाहन्छौं’ निर्देशक पाँडेले भने, ‘फिल्मलाई युट्युबमा ल्याउने यो उचित समय भएकाले पनि हामीले रिलिज गर्न लागेका हौं ।’

४ पुसदेखि हलमा रिलिज भएको फिल्मले उत्कृष्ट प्रतिक्रिया पनि प्राप्त गरेको थियो । फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी लगायतको शीर्ष भूमिका छ ।

यो फिल्मको ओएसटी गीत ‘आमनेपाली बुवा’ पनि बालेनको युट्युब च्यानलबाट रिलिज भएको थियो, जसलाई अहिलेसम्म ६४ लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?