News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परान' ले ३ माघसम्म १७ करोड ७७ लाख २५ हजार ४८५ नेरु कमाएको छ र ६ लाख ३० हजार ६९१ टिकट बिक्री भएको छ।
- फिल्म 'झरीपछिको इन्द्रेणी' ले १ करोड २० लाख ३९ हजार ३५९ नेरु कमाएको छ र ३८ हजार २२५ टिकट बिक्री भएको छ।
- फिल्म 'एक्लो' ले अहिलेसम्म ९६ लाख ९५ हजार १८३ नेरु कमाएको छ र १४ हजार २५५ टिकट बिक्री भएको छ भने डकुमेन्ट्री 'दिमाग घोच्ने मान्छे' ले ३ लाख १२ हजार ९०० नेरु कमाएको छ।
काठमाडौं । प्रदर्शनरत फिल्मले बितेको साता कमाएको विवरण सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसले परान, झरीपछिको इन्द्रेणी, एक्लो र दिमाग घोच्ने मान्छेको कमाइ बाहिर ल्याएको हो ।
पछिल्लो शनिबार अर्थात ३ माघसम्मको कमाइ सार्वजनिक गरिएको हो ।
जसअनुसार, ‘परान’ को कुल कमाइ १७ करोड ७७ लाख २५ हजार ४८५ नेरु ग्रस छ । सोही अवधिसम्म दीपक आचार्य काकु निर्देशित फिल्मका ६ लाख ३० हजार ६९१ वटा टिकट बिकेका छन् ।
‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २० लाख ३९ हजार ३५९ नेरु ग्रस कमाएको छ । यसका ३८ हजार २२५ टिकट बिकेका छन् ।
प्रदीप खड्का स्टारर ‘एक्लो’ को कमाइ अहिलेसम्म ५० लाख पनि नाघेको छैन । ९६ लाख ९५ हजार १८३ नेरु ग्रस कमाएको यो फिल्मका १४ हजार २५५ वटा मात्र टिकट बिकेका छन् ।
वैकल्पिक राजनीतिका अभियन्ता स्वर्गीय उज्वल थापाबारे बनेको डकुमेन्ट्री ‘दिमाग घोच्ने मान्छे’ को कमाइ ३ लाख १२ हजार ९०० नेरु ग्रस छ । यसका ८०५ वटा टिकट बिकेका छन् ।
प्रतिक्रिया 4