+
+
Shares

मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १०:०९

२९ असोज जनकपुरधाम । मधेशमा लोकसभाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न पाँच दलका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् । ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न नेताहरु पुगेका हुन् ।

मङ्गलबार सतिश कुमार सिंहले पदबाट राजिनामा घोषणा गरेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो ४ बजेसम्म सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी छन् ।

हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीचको छलफलमा लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको नेताहरुले बताएका छन् ।

मन्त्रालयको भागबण्डा भन्ने टुङ्ग्याउन भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?