२२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सभामा नेकपा माओवादी केन्द्रका अर्का सांसद माला कर्णले विश्वासको मत नदिने बताएकी छिन् ।
मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मतको लागि आज डाकिएको प्रदेश सभा बैठकमा उनले आफूले विश्वासको मत नदिने घोषणा गरेकी छन् ।
उनी सत्तापक्षीय माओवादी केन्द्रकी सांसद हुन् ।
त्यसअघि मात्रै माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारीले समय मागेर पोडियममा बोल्दै सबै दल र सांसदहरूको नैतिक धरातल सकिएको भन्दै आलोचना गरे ।
सभामुखले माइक काटेपछि उनले आफ्नै अनुहारमा मोसो दलेर विद्रोह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4