+
+
Shares

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरूद्धको प्रस्तावमा छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते ७:५१
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल

३ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभा बैठक डाकिएको छ । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा सहभागिताको लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत जानकारी पठाएको छ ।

गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।

सो विषयमा एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

उपसभामुख बबिता राउत ईशरको निर्देशनमा प्रदेश सभा बैठक बोलाइएको हो । सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले मंगलबार प्रदेशसभा बैठक बोलाउन उपसभामुख ईश्वरलाई ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?