+
+
Shares

मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १४:०८

३० असोज, जनकपुरधाम । मधेश सरकारमा नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् ।

जनमत संसदीय दलका नेता महेश प्रसाद यादव र  नेकपा एकीकृत समाजवादीका कनिष पटेलले विनाविभागीय मन्त्रीको गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट दुवैजनाले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

दुवैजनालाई नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले मन्त्री नियुक्त गरेकी हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?