News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले कुनै पनि निकायमा राजीनामा नदिएको दाबी गरेका छन्।
- चौधरीले राजीनामाको हल्ला कीर्ते र जालसाजीपूर्ण राजनीतिक षड्यन्त्र भएको उल्लेख गर्दै न्यायिक निकायमा कानुनी उपचारका लागि जाने जानकारी दिएका छन्।
- गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीले अध्यक्षले गाउँपालिकाको बैठकमा नै राजीनामा दिएको दाबी गरेकी छन्।
१९ जनकपुरधाम, काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको राजीनामाबारे विवाद सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीले आफूले अध्यक्ष चौधरीको राजीनामा बुझिसकेको दाबी गरेकी छिन् । तर, अध्यक्ष चौधरी भने उक्त राजीनामापत्र किर्ते भएकाे जिकिर गर्छन् ।
उपाध्यक्ष चौधरीले किर्ते, जालसाजीपूर्ण र राजनीतिक षड्यन्त्र गरेर आफूविरुद्ध राजीनामाको हल्ला फैलाएको दाबी अध्यक्ष चौधरीले गरेका छन् । तर गाउँपालिका उपाध्यक्ष चौधरी भन्छिन्, ‘उहाँले राजीनामा दिएको छैन भनेर हुन्छ। उहाँले राजीनामा दिनु भएको हो ।’
गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि उनी विवादमा तानिएका थिए । उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए ।
आफूले कुनै राजीनामा पत्र समेत पेस नगरेको अध्यक्ष चौधरी बताउँछन् । उनले दाबी गरे, ‘यदि मैले स्वेच्छाले राजीनामा दिएको भए, त्यस अवधिमा पटक–पटक कार्यपालिका बैठक कसरी आह्वान भयो ? विभिन्न कागजी कारोबारमा मेरो सहभागिता किन रह्यो ? अनि मेरो सनाखत बिना कसरी राजीनामा स्वीकृत भयो ?’
उनले यसबारे जवाफ दिनका लागि पनि आग्रह गरेका छन् । विपक्षी दलहरूले राजनीतिक निष्ठा र संस्कारबाट विचलित हुँदै आफ्नो विरुद्ध षड्यन्त्र र जालसाजीको बाटो अपनाएको उनले आरोप लगाए ।
गाउँपालिका अध्यक्षको राजीनामा र निर्वाचन आयोगलाई गराइएको जानकारी:

गाउँपालिका अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया 4