News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटामा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ।
- मनोनयन दर्ता बिहान १० बजेदेखि सुरु भई विभिन्न दलका उम्मेदवारले तोकिएको समयमा दर्ता गरिरहेका छन्।
- धनकुटामा एमालेबाट राजेन्द्रकुमार राई, नेपाली कांग्रेसबाट दिनेश राई र अन्य दलका उम्मेदवारले मनोनयन गर्ने तयारी गरेका छन्।
६ माघ, धनकुटा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।
मनोनयन दर्ता बिहान १० बजेदेखि नै सुरु भएको हो । हालसम्म नेपाल मजदुर किसान पार्टीका उत्तम शाखकर्मी, श्रम संस्कृति पार्टीका सानबहादुर राई र आम आदमी पार्टीका शिव थापाले मनोनयन दर्ता गरिसकेका छन् ।
अहिले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारले उम्मेदवारी दर्ता गराइरहेका छन् । संघीय लोकतान्त्रिकलाई साढे १२ र एमालेलाई १ बजेको समय दिइएको छ ।
नेपाली कांग्रेसका उम्मेदवारले १ बजेर ३० मिनेटमा उम्मेदवारी दर्ता गराउनेछन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई दुई बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई २ बजेर ३० मिनेटमा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई ३ बजे उम्मेदवारी दर्ताको समय दिइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवालाई ३ बजेर ३० मिनेटमा, जनता समाज पार्टी नेपालका उम्मेदवारलाई ४ बजे र मंगोल नेशनल अर्ननाइजेशनलाई ४ बजेर ३० मिनेटमा मनोनयन दर्ताको समय तोकिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
धनकुटामा पूर्वमन्त्री राजेन्द्रकुमार राईले एमालेबाट, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राई, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वजिविस सभापति धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापाले मनोनयन गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया 4