+
+
Shares

महेश बस्नेतले दर्ता गराए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
  • बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
  • उनले संविधानमाथि भएको हमलाबाट जोगाउँदै सार्वजनिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने बताए।

६ माघ, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका गराएका छन् ।

नेता–कार्यकर्तासहित मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारीको मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको प्रतिक्रिया दिए ।

उनले संविधानमाथि भएको हमलाबाट जोगाउँदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने पनि बताए ।

आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुने भन्दै सचिव बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?