+
+
Shares

चार महिनापछि शिक्षकले पाए तलब

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकले चार महिनापछि तलब पाएका छन्।
  • गाउँपालिकाको विवादका कारण शिक्षकले दशैं तिहारमा पनि तलब भत्ता पाएका थिएनन्।
  • विद्यालय बन्द गरेर गाउँपालिकामा धर्ना दिएपछि शिक्षकले साउनदेखि असोजसम्मको तलब र दशैंको भत्ता पाएका छन्।

७ मंसिर, काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकले चार महिनापछि तलब पाएका छन् ।

गाउँपालिकाको विवादका कारण शिक्षकले तलब पाएका थिएनन् ।

विद्यालय नै बन्द गरेर गाउँपालिकामा धर्ना दिएपछि शिक्षकले तलब पाएका हुन् । दशैं तिहारमा पनि शिक्षकले तलब भत्ता पाएका थिएनन् ।

‘अघिल्लो शुक्रबार साउनदेखि असोजसम्मको तलब पायौं । दशैंको भत्ता पानि आयो,’ आधारभूत विद्यालयका प्रधानाध्यापक दुखन यादवले भने ।

पालिकाका १६ वटा विद्यालयका शिक्षक र कर्मचारीहरूले लामोसमय आन्दोलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?