+
+
Shares

शिक्षकहरू दल र उम्मेदवारको पक्ष र विपक्षमा चुनावी प्रचारमा संलग्न हुन नपाउने

शिक्षकहरू प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला राजनीतिक दल र उम्मेदवारको पक्ष र विपक्षमा चुनावी प्रचारमा संलग्न हुन नपाउने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १९:३७

२६ कात्तिक, काठमाडौं । शिक्षकहरू प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला राजनीतिक दल र उम्मेदवारको पक्ष र विपक्षमा चुनावी प्रचारमा संलग्न हुन नपाउने भएका छन् ।

आयोगले निर्वाचन आचार संहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाएको छ ।

मस्यौदाको बुँदा नम्बर १० मा ‘विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण’ सम्बन्धी व्यवस्था छ ।

जहाँ विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले देहायका आचरण पालना गर्नुपर्ने विषयहरू समावेश छ ।

मस्यौदाको बुँदा नम्बर १० को (क) मा भनिएको छ, ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने ।’

कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोका लागि अनुदान दिने जस्ता काममा समेत सहभागी हुन पाउने छैनन् ।

कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसार गर्न नहुने भनिएको छ ।

निर्वाचनको काममा बाहेक कर्मचारी, प्राध्यापक तथा शिक्षकको सरुवा वा बढुवा वा पदस्थापन गर्न गराउन नहुने पनि आचारसंहितामा उल्लेख छ ।

हेर्नुहोस् आचार संहिता :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?