+
+
Shares

विवाहपञ्चमी महोत्सव : आज जानकीको टकोर, भोलि विवाह

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १०:०४

८ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ ।

आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।

बाजागाजा सहितको शोभायात्रासहित गंगासागरमा पुगेर मिथिली परम्परा अनुसार मटकोर गरिन्छ । मटकोरमा सीताको प्रतीक मानिने बालिकामार्फत विधि सम्पन्न गरिने चलन छ । सो अवसरमा सयौं भक्तजनको उपस्थितिमा मटकोर गीत गाउँदै वातावरण भक्तिमय बन्ने गर्दछ ।

मटकोरपछि भोलि मंगलबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर तथा विवाहको मुख्य कार्यक्रम हुने छ ।

मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषयज्ञ र चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन् ।

पाँचौँ दिन आज मटकोर र भोलि विवाहको मुख्य कार्यक्रम रहेको छ । जन्ती आएका साधु–सन्तहरूको बिदाइ ‘राम कलेवा’ गरी बुधबार विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?