+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते ८:१८

१० मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ ।

जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ ।

यसअघि मंगलबार राम र सीताको वैवाहिक कार्यक्रम पश्चात रातभर जानकी मन्दिर प्रांगणमा विवाहको काज चलेको थियो । अ

ाज बालबालिकालाई प्रतिकात्मक बनाइएको राम, लक्ष्मण, भरत, शत्रुधनसँगै साधुसन्तलाई दानदक्षिणासहित बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ ।

मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवको पहिलो दिन दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर र छैटौं दिन विवाहपञ्चमी मनाइएको थियो ।

त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीता–राम विवाहपञ्चमी महोत्सव भव्यताका साथ मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?