
१८ साउन, काठमाडौं । पर्सामा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
पर्साको जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा श्रीमान् जितन माझी पक्राउ गरेका हुन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमान् जितनले वादविवादको क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जितनलाई प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4