+
+
Shares

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर रौतहटमा ३ दिनमा ३ किसानको मृत्यु

तीन दिनमा रौतहटमा करेन्ट लागेर तीन जना किसानको मृत्यु भइसकेको छ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ साउन ८ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको मौलापुर नगरपालिका-७ पथरा गाउँका ४८ वर्षीय चन्देश्वर बैठालाई करेन्ट लागेर मृत्यु भएको छ।
  • तीन दिनमा रौतहटमा करेन्ट लागेर तीन जनाको मृत्यु भइसकेको छ।
  • साउन महिनामा रौतहटमा करेन्ट लागेर चार जनाले ज्यान गुमाइसकेका छन्।

८ साउन, जनकपुरधाम । रौतहटमा करेन्ट लागेर थप एक जना किसानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका-७ पथरा गाउँका ४८ वर्षीय चन्देश्वर बैठा छन् । बैठा बिहीबार दिउँसो धान खेतमा पानी लगाउन गएका थिए । त्यही बेला अर्का किसान मोसाफिर साह तेली पनि आफ्नो खेतमा सिँचाइ गर्न पुगेका थिए ।

तेलीले विद्युतीय मोटर चलाएर सिँचाइ गरिरहेको समयमा तार सर्ट हुन पुग्दा बैठालाई करेन्ट लाग्न पुगेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए   ।

अपराह्न ४ बजेतिर करेन्ट लागरे घाइते भएका बैठालाई उपचारका लागि गौर प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी रायले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो घटनासँगै रौतहटमा तीन दिन यता करेन्ट लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसअघि खेतमा सिँचाइ गर्ने क्रममा बुधबार बिहान मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लाग्दा माधवनारायण नगरपालिका-४ विसुनपूर्वा मानपुरका रामबाबु मुखियाको मृत्यु भएको थियो ।

त्यसअघि मंगलबार राति सिँचाइ गर्ने क्रममा कटहरीया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्ता देवानको करेन्ट लागेर मृत्यु भएको थियो ।

डीएसपी रायका अनुसार साउन यता मात्रै रौतहटमा करेन्ट लागेर चार जनाले ज्यान गुमाइसकेका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा रौतहटमा करेन्ट लागेर २३ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?