
३ असोज, जनकपुरधाम । जेनजी प्रदर्शनका क्रममा मधेश प्रदेशमा भएका आगजनी तथा तोडफोड संरचनाहरू पुनर्निर्माणबारे उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ ।
संविधान दिवसको सन्दर्भ पारेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिश कुमार सिंह र सभामुख रामचन्द्र मण्डलसहितको टोलीले अवलोकन तथा निरीक्षण गरेका हुन् ।
टोलीले प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको प्रदेशसभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र अन्य सरकारी कार्यालयका भवनहरूमा पुगेको क्षतिको निरीक्षण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4