
३ वैशाख, काठमाडौं । गत चैत ३० गते वीरगञ्जमा भएको घटनाको हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले भत्र्सना गरेको छ ।
गत चैत ३० गते भएको शोभायात्राका क्रममा वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप भएको थियो ।
उक्त घटनामा अतिवादी समूहबाट ढुंगा प्रहार भएको भन्दै अभियानले निन्दा गरेको हो ।
‘उक्त निन्दनीय घटनाका दोषीहरूलाई तत्काल कानुनी प्रकृया अनुसार मुद्दा दर्ता गरी कारबाही अगाडी बढाउने समाजको प्रयास सँग सहमति जनाउँदै बाधित पारिएको ठाँउबाट नै पुनः शोभा यात्रा सञ्चालन गर्न/गराउन आग्रह छ,’ अभियानले भनेको छ ।
साथै, हिन्दु युवाहरूलाई प्रहरीले पक्राउ गरेकोप्रति अभियानले आपत्ति समेत जनाएको छ ।
‘संविधानको धारा–४ मा उल्लेखित धर्मनिरपेक्ष भन्नाले सनातन देखि चलिआएको रिति र परम्पराको संरक्षण र संवद्र्धन गर्ने दायित्व राज्यको हुँदा हुँदै अल्पसंख्यकलाई दोषपूर्ण परिस्थितिमा पनि संरक्षण दिनु समग्र संवैधानिक व्यवस्थाको बर्खिलाफ मान्नुपर्दछ,’ अभियानले भनेको छ ।
साथै, अभियानले संवैधानिक परिभाषा अनुसार प्रष्ट व्याख्या भए पनि आफ्नो धर्म, संस्कार र परम्पराको पालन गर्न पाउने मौलिक हकलाई अवरोध हुँदा परिस्थितिको जटिलता थप्दै जाने र यसबाट धार्मिक द्वन्दको सम्भावना समेत हुने चेतावनी दिँदै सचेत रहन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया 4