+
+
Shares

युवालाई अनिवार्य सैन्य तालिम दिन मधेश सरकारलाई सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले मधेश सरकारलाई युवालाई सैन्य तालिम, रोजगारी, स्वास्थ्य र यातायात सुविधाका सुझाव दिए।
  • साहले ज्ञापनपत्रमा शैक्षिक, पर्यटन र धार्मिक विकासका योजना र मधेशको ऐतिहासिक र सांस्कृतिक संरक्षणका प्रस्ताव प्रस्तुत गरे।
  • उहाँले प्रदेश सरकारको नीति र बजेटमा यी माग समावेश भए मात्रै मधेशी जनताको भरोसा संघीयताप्रति बलियो हुने बताए।

१६ जेठ, जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले युवाहरुलाई अनिवार्य सैन्य तालिम दिन मधेश सरकारलाई सुझाव दिएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गर्न भन्दै साहले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा एसईई दिएका युवाहरुलाई ६ महिनासम्म अनिवार्य सैन्य तालिम दिई अनुशासन र आत्मरक्षाको सिप विकास गर्नुपर्ने, प्रत्येक परिवारका कम्तिमा एक सदस्यलाई रोजगारी दिनुपर्ने लगायतका बुँदा छन् । यसले रोजगारीका लागि विदेश पलायन रोक्न सहयोग पुग्ने साहको तर्क छ ।

यस्तै सर्वसाधारणले प्रयोग गर्ने मोटरसाइकल नवीकरण शुल्कमा छुट दिनुपर्ने, गंगालाल हृदयरोग अस्पतालको शाखा मधेशमा स्थापना गरी प्राथमिक उपचार निःशुल्क बनाउने, यातायात सेवा सञ्चालन गरी महिलालाई निःशुल्क यात्रा सुविधा दिने व्यवस्था गर्नुपर्ने लगायतका सुझा पनि साहले सरकारलाई दिएका छन् ।

यसैगरी मधेशको इतिहास, संघीयता र लोकतान्त्रिक आन्दोलनबारे शैक्षिक पाठ्यक्रम र प्रशिक्षण सुरु गर्नुपर्ने, सल्हेस पर्यटन करिडोर निर्माण गरी ऐतिहासिक स्थलहरू जोड्ने र जानकी नवमीमा मिथिला सांस्कृतिक रथ यात्रा आयोजना गर्नुपर्ने नेता साहले सुझाव पत्रमा समेटेका छन् ।

यस्तै महादेव धार्मिक करिडोर निर्माण गर्दै पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने र सीमावर्ती क्षेक्रका नागरिकका लागि विशेष कार्यत्रम ल्याई स्वास्थ्य, शिक्षा र पूर्वाधारको पहुँच विस्तार गर्नुपर्ने उनको सुझाव छ ।

यस्ता माग र सुझावहरू प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न सके मात्रै मधेशी जनताको भरोसा संघीयताप्रति थप बलियो हुने नेता साहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?