+
+
Shares

जनमत पार्टीको महाधिवेशन असोजमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीको महाधिवेशन २० र २१ चैतबाट सरेर ९ र १० असोज २०८३ मा हुने निर्णय भएको छ।
  • जनमत पार्टीले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा बैठक गर्ने निर्णय गरेको छ।
  • जनमत पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्न १४ चैतसम्म भौतिक बैठक गरी निर्णय गर्न भनिएको छ।

२ चैत, काठमाडौं । जनमत पार्टीको महाधिवेशन ६ महिना पछि सरेको छ ।

आइतबार बसेको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी २० र २१ चैतमा तय भएको पार्टीको महाधिवेशन सारेर ९ र १० असोज २०८३ मा गर्ने निर्णय गरेको हो ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएका हुन् । साथै, जनमत पार्टीले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा बैठक गर्ने निर्णय गरेको छ ।

क्षेत्रीय स्तरीय समीक्षा आगामी ७ चैत शनिबारसम्म सकेर लिखित रिपोर्ट तयार गरी केन्द्रीय सचिवालयमा पठाउन भनिएको छ । जनमत पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्ने भनेको छ ।

यसका लागि जिल्ला समन्वय समितिका सदस्यहरूबाट बढीमा ७ जना हुने गरी आगामी १४ चैतसम्म भौतिक बैठक गरी केन्द्रीय सचिवालयबाट पठाएको प्रतिनिधिको रोहबरमा तदर्थ जिल्ला पदाधिकारी चयन गर्न भनिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?