News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीले आउँदो ९ र १० असोजमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।
- पार्टी सचिवालयको बैठकले महाधिवेशनको मिति २० र २१ चैतबाट सरेर नयाँ मिति तय गरेको महासचिव चन्दन सिंहले बताए।
- चुनावमा ठूलो हारपछि पार्टीले क्षेत्रीयस्तरमा समीक्षा बैठक गरी शनिबारसम्म केन्द्रीय सचिवालयमा रिपोर्ट पठाउन निर्देशन दिएको छ।
१ चैत, काठमाडौं । जनमत पार्टीले आउँदो ९ र १० असोजमा पार्टीको महाधिवेशन गर्ने भएको छ ।
काठमाडौंमा बसेको पार्टी सचिवालयको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो । यसअघि २० र २१ चैतमा महाधिवेशन गर्ने तय थियो ।
चुनावमा निकै ठूलो हार बेहोरेपछि पार्टीले चुनावको समीक्षा गर्ने भएको छ । यसका लागि क्षेत्रीयस्तरमा चुनावको समीक्षा बैठक गरी आउँदो शनिबारसम्म रिपोर्टो केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिइएको महासचिव चन्दन सिंहले जानकारी दिए ।
पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्नुपर्ने भएकोले त्यसका लागि केन्द्रीय प्रतिनिधिको रोहबरमा १४ चैतसम्म चयन गरिसक्न पनि निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4