+
+
Shares

तीन दिनदेखि बेपत्ता बालिका सुनसान घरभित्र मृत फेला

बाराको जितपुर–सिमरामा तीन दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते २१:००

२ भदौ, जनकपुरधाम । बाराको जितपुर–सिमरामा तीन दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छन् । जितपुर–सिमरामा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरी मृत फेला परेकी हुन् ।

उनी साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी थिइन् ।

मंगलबार साँझ घरभन्दा करिब ५० मिटर पर एक सुनसान घरभित्र गरिमाको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली पुगेर अनुसन्धान गर्दा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता निलप्रसाद घलेले जानकारी दिए ।

बालिकाको कसैले हत्या गरेर शव लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?