+
+
Shares

काठमाडौं र ललितपुरमा दुई जना मृत फेला

काठमाडौं र ललितपुरमा दुई जना मृत फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गोकर्णेश्वरमा ३५ वर्षीया महिला र ललितपुरको महाँकालमा एक पुरुषको शव फेला परेका छन् ।
  • प्रहरीका अनुसार माकलबारीस्थित बागमती खोलामा महिला र हुचिटारस्थित नदी किनारमा पुरुषको शव फेला परेका हुन् ।
  • दुवै घटनाको अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

२२ साउन, काठमाडौं । काठमाडौं र ललितपुरमा दुई जना मृत फेला परेका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी र ललितपुरको महाँकाल गाउँपालिका-६ हुचिटारमा दुई जना मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार माकलबारीस्थित बागमती खोलामा पहिचान खुल्न नसकेकी करिब ३५ वर्षीया महिला शुक्रबार मृत फेला
परेकी छिन् ।

यसैगरी हुचिटारस्थित बागमती नदी किनारमा पहिचान नखुलेका एक पुरूषको शव बिहीबार फेला परेका छन् ।

दुवै स्थानका घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?