News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलका विदेश मन्त्री गिदोन सारले सिरियालाई अस्थिर बनाएको भनी टर्कीले लगाएको आरोपको कडा शब्दमा खण्डन गरेका छन्।
- विदेश मन्त्री सारले इजरायलले आफ्ना नागरिकको सुरक्षाका लागि मात्र आवश्यक सुरक्षा कदम चालिरहेको स्पष्ट पारेका छन्।
- उनले भने, 'विदेश मन्त्री हाकान फिदान इजरायलले सुरक्षा कदम नचालोस् भन्ने चाहन्छन्, तर त्यस्तो हुने छैन, इजरायलले आफ्ना नागरिकको सुरक्षाका लागि हरेक आवश्यक कदम चालिरहनेछ।'
इजरायलका विदेश मन्त्री गिदोन सारले टर्कीको आरोपको खण्डन गरेका छन् ।
टर्कीका विदेश मन्त्री हाकान फिदानले इजरायलमाथि सिरियालाई अस्थिर बनाएको आरोप लगाएका थिए।
यस विषयमा इजरायली विदेश मन्त्रीले आफ्ना नागरिकको सुरक्षाका लागि मात्र आवश्यक कदम चालिएको बताएका छन्।
विदेश मन्त्री गिदोन सारको वक्तव्य अनुसार टर्कीका नेताहरूले वर्षौंदेखि सिरियाको सार्वभौमसत्ताको उल्लंघन गरिरहेका छन्।
उनीहरूले अरूलाई अन्तर्राष्ट्रिय कानुनको पाठ पढाउने काम पनि गरिरहेका छन्।
इजरायली विदेश मन्त्रीले टर्कीले सिरियाको करिब ५ प्रतिशत भूभाग ओगटेको दाबी गरेका छन्।
टर्कीले इजरायलको सुरक्षा कमजोर पार्न सिरियामा सैन्य बेस बनाउन खोजेको आरोप पनि उनले लगाएका छन्।
उनका अनुसार इजरायलले मात्र ०.१ प्रतिशत भूभागको बफर जोन नियन्त्रणमा लिएको छ।
‘यो कदम दक्षिणी सिरियामा सक्रिय आतंकवादी समूहहरूबाट बच्न उठाइएको हो, जसले इजरायलमाथि हमला गर्न चाहन्छन्,’ उनले भनेका छन्।
डिसेम्बर २०२४ मा सिरियाली लडाकुहरूले बफर जोनमा प्रवेश गरेका थिए। उनीहरूले सन् १९७४ को इजरायल र सिरिया बीचको सैन्य फिर्ता सम्झौताको उल्लंघन गरेका थिए।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको नेतृत्वमा सिरिया र इराकी कुर्द बल विरुद्ध ठुला सैन्य अभियान चलाइएको दाबी वक्तव्यमा छ।
टर्कीले छिमेकी देशहरूलाई पटक-पटक धम्की दिँदै आएको छ। उसले ५० वर्षभन्दा बढी समयदेखि साइप्रसको ३६ प्रतिशत भाग कब्जामा राखेको छ। टर्कीले मानव अधिकारको विषयमा अन्तर्राष्ट्रिय आलोचना पनि खेपिरहेको छ।
‘विदेश मन्त्री हाकान फिदान इजरायलले सुरक्षा कदम नचालोस् भन्ने चाहन्छन्, तर त्यस्तो हुने छैन,’ इजरायली विदेश मन्त्रीले भनेका छन्, ‘इजरायलले आफ्ना नागरिकको सुरक्षाका लागि हरेक आवश्यक कदम चालिरहनेछ।’
प्रतिक्रिया 4