+
+
Shares

साउदीले इजरायललाई मान्यता दिए मात्र आणविक सम्झौता लागू हुने ट्रम्पको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १२:२६

८ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र साउदी अरबबीचको असैनिक (सिभिल) आणविक ऊर्जा सम्झौता साउदी अरबले इजरायललाई सार्वभौम राष्ट्रका रूपमा मान्यता दिएपछि मात्रै लागू हुने बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा बुधबार प्रकाशित सन्देशमार्फत ट्रम्पले साउदी अरबले ऐतिहासिक अब्राहम सम्झौतामा सामेल हुनुपर्ने सर्त अघि सारेका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको ऊर्जा मन्त्रालय र साउदी अरबबीच भइरहेको असैनिक आणविक सम्झौता, जुन इरान, यूएई र अन्य देशहरूसँग भएका सम्झौताजस्तै गैरसैन्य प्रयोजनका लागि मात्रै हो, त्यसलाई स्वीकृत गरिनेछ ।’

उनले थपेका छन्, ‘तर यो पूर्ण रूपमा साउदी अरब प्रतिष्ठित र सफल अब्राहम सम्झौतामा सामेल हुने निर्णयमा निर्भर हुनेछ। अमेरिका असैनिक आणविक केन्द्रहरूको विकासको विपक्षमा छैन ।’

यद्यपि, ट्रम्पले उल्लेख गरेको इजरायललाई मान्यता दिने तथा अब्राहम सम्झौतामा सामेल हुनुपर्ने सर्त अमेरिका–साउदी आणविक सम्झौताको मूल दस्तावेजमै समावेश छ वा छैन भन्ने विषय तत्काल स्पष्ट हुन सकेको छैन ।

सम्झौताको पूर्ण मस्यौदा अहिलेसम्म सार्वजनिक गरिएको छैन । साथै, साउदी अरबले अमेरिकाले अघि सारेको यस्तो सर्त स्वीकार गरेको छ वा छैन भन्नेबारे पनि कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।

बीबीसीका अनुसार ट्रम्पको पछिल्लो अभिव्यक्तिबारे साउदी अरबले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?