News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली कब्जा बलले बिहीबार वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट एक बालकसहित ११ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको छ।
- वफा समाचार एजेन्सीका अनुसार नाब्लुस, तुल्कार्म, हेब्रोन र तयासिर क्षेत्रमा घरमा छापा मारी उनीहरूलाई पक्राउ गरिएको हो।
- वेस्ट बैङ्कका सहर र गाउँहरूमा पछिल्लो समय आक्रमण, गिरफ्तारी र झडपका घटनाहरू निरन्तर बढिरहेका छन्।
२१ साउन, अधिकृत जेरुसेलम (रासस/क्युएनए) । इजरायली कब्जा बलले बिहीबार वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट एक बालकसहित ११ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार, कब्जा बलले नाब्लुस गभर्नोरेटबाट चार जना र तुल्कार्मको उत्तरमा पर्ने डेर अल–घुसुनबाट अर्का एक प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।
एजेन्सीका अनुसार, कब्जाबलले हेब्रोनबाट पाँच जना प्यालेस्टिनी तथा टुबासको पूर्वमा पर्ने तयासिरबाट एक जना बालकलाई उनीहरूको घरमा छापा मारी खानतलासी गरेपछि पक्राउ गरेको थियो ।
यसैबीच, कफार कासिममा कब्जाबलले काल्किलिया सहर तथा ’अजुन अत्मे’ र ’बेत अमिन’ गाउँहरूमा पनि प्रवेश गरी कारबाही अघि बढाएको जनाइएको छ ।
कब्जा गरिएको वेस्ट बैङ्क र जेरुसेलमका सहर, नगर तथा शिविरहरूमा कब्जाबल र बस्ती बसाउनेहरू द्वारा आक्रमणहरू बढिरहेको अवस्थामा यी घटनाहरू भएका हुन् । यस्ता घटनाहरूमा छापा मार्ने र भित्र पस्ने कार्यका साथै झडप, गिरफ्तारी, रबरका गोली र विषाक्त अश्रुग्यासको प्रयोग तथा निजी सम्पत्तिमाथि आक्रमण जस्ता गतिविधिहरू समावेश रहेको जनाइएको छ ।
प्रतिक्रिया 4