+
+
Shares

भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला

मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान आफ्नै कोठाको फ्यानमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
  • जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपककुमार कार्कीले पासवानले सलको पासो लगाई आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन् ।
  • प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि पठाउने तयारी गरेको छ भने घटनाको थप अनुसन्धान जारी राखेको छ ।

२८ साउन, काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् ।

मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए ।

उनका अनुसार आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा पासवान मृत भेटिएका हुन् ।

प्रहरीले घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ ।

उनी थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए । सरकारले त्यहाँका टहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?