५ साउन, संखुवासभा । सभापोखरी गाउँपालिका–६ बाह्रबिसेमा नुहाउने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी १२ वर्षीया बालिका मृत अवस्था फेला परेकी छन् । मंगलबार दिउँसो करिब साढे २ बजे स्थानीय तुलबहादुर लिम्बूकी १२ वर्षीया छोरी जानकी लिम्बू घरदेखि २०० मिटर टाढा रहेको सभाखोलामा नुहाउँदै गर्दा बगेर बेपत्ता भएकी थिइन् ।
जानकीको शव पाँचखपन नगरपालिका–१ मा निर्माणाधीन दिव्यश्वरी हाइड्रोपावरको ड्याम नजिकै ढुंगामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा शव पानीबाट बाहिर निकालिएको छ ।
शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।
प्रतिक्रिया 4