+
+
Shares

मलामी गएका पुरुष महाकालीमा बगेर बेपत्ता

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ता सिंहको खोजी गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १७:२५

१ वैशाख, धनगढी । कञ्चनपुरमा मलामी गएका एक पुरुष महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् । मंगलबार बिहान साढे ११ बजेतिर मलामी गएका शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प्रकाश सिंह महाकाली नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी स्थानीय ७० वर्षीया धना भट्टको मलामी गएका थिए । भीमदत्त नगरपालिका–११ भुजेला घाटमा नुहाउने क्रममा सिंह बगेका थिए ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ता सिंहको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?