+
+
Shares

नवलपरासी, रोल्पा र मोरङमा तीन जना मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपरासी, रोल्पा र मोरङका विभिन्न स्थानमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
  • नवलपरासी पूर्वको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ ।
  • रोल्पामा २६ वर्षीय सन्तोष परियार र मोरङमा ६२ वर्षीय पञ्जाव सिंह लिम्बु मृत फेला परेका हुन् र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

३० साउन, काठमाडौं । नवलपरासी, रोल्पा र मोरङमा तीन जना व्यक्ति मृत फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले तीन जिल्लामा तीन जना व्यक्ति मृत फेला परेको जानकारी गराएको हो ।

नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका–६ धासीस्थित कालीगण्डकी नदीमा हाल नाम, थर र वतन नखुलेका पुरूष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, रोल्पाको रोल्पा नगरपालिका–८ जमकोटस्थित वडा कार्यालय नजिकै सोही ठाउँ बस्ने २६ वर्षीय सन्तोष परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको उर्लाबारी नगरपालिका–८ सिर्जना टोलस्थित धान खेतमा झापा दमक नगरपालिका–१० बस्ने ६२ वर्षीय पञ्जाव सिंह लिम्बु शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?