+
+
Shares

बयारपट्टी छोटी भन्सार हटाउने निर्णयविरुद्ध प्रधानमन्त्रीको पुतला दहन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते ६:४५

१३ जेठ, सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयविरुद्ध आन्दोलित भएका नागरिकहरूले मसाल जुलुससहित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुत्ला दहन गरेका छन्प्र ।

सरकारी निर्णयविरुद्ध सडक आन्दोलन गरिरहेका स्थानीयवासी र व्यवसायीहरूले भन्सार पुनःस्थापनाको माग गरिरहेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

आन्दोलित नागरिकहरुका अनुसार, छोटी भन्सार बन्द हुँदा स्थानीय व्यापार, रोजगारी र राजस्व संकलनमा गम्भीर असर परेको छ । उनीहरूले सीमा क्षेत्रमा अनुगमन कमजोर भई तस्करी बढ्ने जोखिमसमेत रहेको बताएका छन् ।

मंगलबार साँझ निकालिएको मसाल जुलुसमा ठूलो संख्यामा स्थानीयवासी सहभागी थिए । उनीहरूले निर्णय तत्काल फिर्ता नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वडानम्बर ३ का अध्यक्ष एवं आन्दोलन संयोजक विनोद यादवले जनहितविपरीत कदम स्वीकार्य नहुने बताएका छन् । उनले आवश्यक परे पदबाट राजीनामा दिनसमेत तयार रहेको बताए ।

स्थानीय व्यापारी चन्देश्वर यादवका अनुसार भन्सार सञ्चालनका लागि स्थानीयले अनुदानमा जग्गा उपलब्ध गराएका थिए र त्यहाँबाट मासिक ८ देखि १० लाख रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो ।

स्थानीय अगुवाहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?