Comments Add Comment

क्यानडामा बढ्दो क्रममा कोरोना भाइरसको संक्रमण

२० वैशाख, काठमाडौं । क्यानडामा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ। मुलुकको सबैजसो स्थानमा कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् ।

क्यानडाको आर्कटिक सर्कल नजिकको करिब ४० हजार मानिसको बसोबास रहेको नुनावुत क्षेत्रमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

सरकारी तथ्यांकअनुसार अहिलेसम्म मुलुकभर ५३ हजार छ सय ५७ संक्रमित फेला परिसकेका छन् । साथै तीन हजार दुई सय २३ जना मानिसको मृत्यु भइसकेको छ । क्यानडामा कोरोनाबाट मृत्यु हुनेमा ८९ प्रतिशत ७० वर्ष वा सोभन्दा बढी उमेरका मानिस छन् ।

नेसनल पोस्टमा प्रकाशित भएको विश्लेषणअनुसार अमेरिकामा पनि चीनबाट नभई क्यानडाबाट कोरोना भाइरस फैलिएको थियो । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लगाएको प्रतिबन्धको कारण अहिले उसको अर्थतन्त्रमा पनि नकारात्मक असर परेको बताइएको छ ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment