+
+
Shares

संघीय संसद्का दुवै सदनको बैठक बस्दै   

संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ६:१९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै छ।
  • बैठकमा खानी तथा खनिज पदार्थलगायतका विभिन्न चार विधेयकमाथि छलफल र विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची छ।
  • राष्ट्रियसभाको बैठकमा सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गरिनेछ।

१ भदौ, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।

यस्तै, महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक सवा १ बजे सिंहदरबारमा बस्दैछ ।

आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?