News Summary
Generated by OK AI. Editorially reviewed.- पब्जी मोबाइल विश्वकपमा नेपाली खेलाडी शितल राई 'स्लीपी' दोस्रो मोस्ट भ्यालुएबल प्लेयर बनेका छन् ।
- प्रतियोगितामा स्लीपीले कुल ३१ इलिमिनेसन गर्दै व्यक्तिगत रूपमा प्रभावशाली प्रदर्शन गरेका हुन् ।
- होरा ईस्पोर्ट्स विश्वकपमा आठौं स्थान हासिल गर्दै १ लाख २७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
१ भदौ, काठमाडौं । नेपाली ईस्पोर्ट्स टोली होरा ईस्पोर्ट्सका शितल राई ‘स्लीपी’ पब्जी मोबाइल विश्वकपमा दोस्रो मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) बनेका छन् ।
विश्वकपमा होरा ईस्पोर्ट्सले आठौं स्थान हासिल गर्दा स्लीपीले व्यक्तिगत रूपमा प्रभावशाली प्रदर्शन गरेका हुन् । उनले प्रतियोगिताभर कुल ३१ इलिमिनेसन गरेका थिए, जसमध्ये १६ इलिमिनेसन फाइनल चरणमा मात्र आएको थियो ।
स्लीपीको प्रदर्शनले होरा ईस्पोर्ट्सलाई विश्वस्तरीय प्रतियोगितामा बलियो उपस्थिति जनाउन समेत मद्दत गरेको थियो । उनले यसअघि गत संस्करणको पब्जी मोबाइल विश्वकपमा चौथो एमभीपी स्थान हासिल गरेका थिए ।
आठौं स्थानमा प्रतियोगिता समाप्त गरेको होरा ईस्पोर्ट्सले १ लाख २७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । स्लीपीले लगातार दोस्रो संस्करणमा विश्वकपको एमभीपी सूचीमा स्थान बनाएका हुन् ।
सबैभन्दा उत्कृष्ट खेलाडी भने तियान्बाका क्यूजेजे घोषित भए ।
प्रतिक्रिया 4