+
+
Shares

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ८:१९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।
  • नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका हुन् ।
  • प्रदेश सभामा सरकार गठनका लागि आवश्यक बहुमत पुर्‍याउन मुख्यमन्त्री बानियाँलाई साना दलहरूको समर्थन अनिवार्य भएको छ ।

१ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने भएका छन् ।

सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।

सरकारमा सहभागी नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा छन् । सरकार टिकाउन उनलाई अन्य साना दलहरूको समर्थन आवश्यक छ ।

बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट र एमालेको २५ सिट (उपसभामुखसहित) छ । अन्य राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?