+
+
Shares

बिहारको अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा ७ जनाको मृत्यु

भारतको बिहार राज्यमा पर्ने लखिसरायस्थित अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १०:११
Photo Credit : PTI

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा मच्चिएको भागदौडमा सात जना महिलाको मृत्यु भएको छ ।
  • जिल्ला अधिकारी शैलेन्द्र कुमारले बिजुलीको तार चुँडिएको अफवाहका कारण भागदौड मच्चिएको जानकारी दिए ।
  • घटनामा घाइते भएका छ जनालाई सदर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

१ भदौ, काठमाडौं । भारतको बिहार राज्यमा पर्ने लखिसरायस्थित अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ ।

लखिसरायका सब डिभिजनल प्रहरी अधिकारी (एसडीपीओ) शिवम कुमारले सोमबार बिहान अशोकधाम मन्दिरमा उक्त घटना भएको बीबीसीलाई जानकारी दिएका छन् ।

शिवम् कुमारका अनुसार घटनामा अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।

लखिसरायका जिल्ला अधिकारी शैलेन्द्र कुमार घाइतेहरूलाई भेट्न सदर अस्पताल पुगेका थिए । उनले त्यहाँ पत्रकारहरूलाई घटनाबारे जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुने सबै सात जना महिला हुन् ।

‘अशोकधाम हल्ट रेलवे स्टेसनको ठिक अगाडिदेखि मन्दिरसम्म लामो लाइन लागेको थियो । त्यही समयमा स्टेसनमा दुईवटा रेल पनि आइपुगे । यसैबीच विद्युतको पोल ढलेको अफवाह फैलियो,’ जबकी वास्तवमा केवल बिजुलीको तार मात्र चुँडिएको थियो,’ उनले भने, ‘त्यसपछि बायाँतर्फ रहेको महिलाहरूको लाइनमा दबाब बढ्यो र महिलाहरू एकमाथि अर्को खस्दै गए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?