Comments Add Comment

फिल्म मेकरलाई ओभरसिज बजारको चिन्ता

निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र ‘छक्का पन्जा ४’को निर्माण यो वर्षका लागि स्थगित गरे । कोरोना भाइरसका कारण नेपाल लकडाउनमा भएका कारण उनको यो निर्माण रोकिएको हो । लकडाउन खुलेपछि पनि चलचित्रका लागि बजार कहिले खुल्छ भन्ने यकिन भने छैन ।

यसैले पनि दीपकराज अहिले नै चलचित्रमा महँगो लगानी गरेर जोखिम मोल्ने मुडमा छैनन् । उनले, चलचित्रको निर्माण यो वर्ष स्थगित गर्नुको अर्को कारण ओभरसिज बजार पनि हो ।

विश्व बजारमा चलचित्र नबेच्दासम्म निर्माताले उल्लेख्य कमाइ गर्न सक्दैनन् । अझ, दीपकराज र उनको टिमले बनाएको चलचित्रले ओभरिजबाट ह्यान्सम रकम कमाउँदै आएका छन् । नेपाली चलचित्र सबैभन्दा महँगोमा बिक्री हुने देशहरू नै यतिबेला कोरोनाका कारण समस्यामा छन् । यसमाथि, ती देशमा बस्ने नेपालीहरू पनि अहिले नै चलचित्रका लागि समय दिने अवस्थामा देखिँदैनन्। उनीहरू आफैँ पनि समस्यामा छन् ।

बन्दै नबनेका चलचित्र निर्मातालाई मात्र होइन, निर्माण भइसकेका चलचित्र निर्मातालाई पनि यही समस्याले पिरोल्न थालेको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु-२’को निर्माण टिमले दुई करोड ५० लाखभन्दा बढी रकम चलचित्रमा खर्चिएको छ । तर, यो चलचित्रको विदेश राइट्स बिक्री गरिएको छैन । विदेशी बजारमा कुरा चलिहरँदा कोरोनाको संक्रमण सुरु भयो । कोरोनाको कारण त्यो कुरा पनि प्रभावित भयो ।

यीबाहेक ‘प्रेमगीत-३, लक्का जवान, चपली हाइट-३, हिजो आजका कुरा’ लगायतका चलचित्रको रिलिज पनि रोकिएको छ । यी चलचित्रका निर्माताले पनि विदेश बजारबाट राम्रो रकम कमाउने अपेक्षा गरेका थिए । जुन अब तत्कालका लागि सम्भव छैन ।

यसैले, केही ठूला निर्माताले यो वर्ष चलचित्र नै रिलिज नगर्ने निर्णय लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment