नयाँ दिल्लीस्थित नेपाली दूतावासले ‘जुलाई नेपाली चलचित्र महिना’ अभियान सुरु गर्दै नेपाली चलचित्र, कलाकार, संगीत र सिर्जनात्मक यात्राको उत्सव मनाउने भएको छ ।
दूतावासले गर्न लागेको यो अभियानअन्तर्गत नेपाली चलचित्र प्रदर्शन, कलाकारसँग अन्तरक्रिया तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
यसै अभियानको पहिलो कार्यक्रमका रूपमा दूतावासले कलाकार नीर शाह र विपना थापालाई सम्मान र उनीहरूसँग अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा कार्यवाहक राजदूत सुरेन्द्र थापाले कलाकार थापा र शाहको उल्लेखनीय अभिनय यात्रा र नेपाली चलचित्र क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै सम्मान प्रदान गरे ।
सम्मान ग्रहण गर्दै उनीहरूले दूतावासप्रति आभार व्यक्त गर्दै आफ्नो चलचित्र यात्रा, फिल्म उद्योगका अनुभव र वर्षौंदेखि दर्शकसँग जोडिएको सम्बन्धबारे अनुभव साझा गरे ।
दूतावासले ‘जुलाई नेपाली चलचित्र महिना’ अभियानमार्फत नेपाली सिनेमाको समृद्ध इतिहास, प्रतिभाशाली कलाकार र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्य रहेको जनाएको छ ।
प्रतिक्रिया 4