Comments Add Comment

बर्दिया गुलरियाको लालपुर सिल

३ जेठ, गुलरिया । बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका-११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा शनिबारदेखि उक्त टोल पूर्णरुपले बन्द गरिएको छ ।

उक्त टोलसंँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्ण रुपले रोक लगाइएको छ । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको सूचनामा बर्दियामा २८ वर्षीया पुरुषमा कोभिड १९ पुष्टि भएको जनाइएको थियो ।

तर सूचनामा भनिएको नार्खु भन्ने ठाउँ बर्दियामा नभएको अवस्थामा संक्रमित भनिएको ब्यक्तिको खोजी गर्दा गुलरिया-११ लालपुर भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए ।

लालपुर स्थायी घर भई काठमाडौंँमा व्यवसाय गर्दै आएका व्यक्ति गत वैशाख २९ गते काठमाडौँ फर्किएको बुझिएकाले लालपुर पूर्णरुपले बन्द गरिएको हो । लालपुर सदरमुकाम गुलरियाबाट ६ किलोमिटर पूर्व हुलाकी राजमार्गसंँग जोडिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको सूचनाका आधारमा कोरोना भाइरस संक्रमित लालपुरका हुन सक्ने आशंकामा बन्द गरिएका बारे अनुसन्धान अगाडि बढाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment