+
+
Shares

रसुवा बाढी : बर्दियामा सम्पर्कविहीनका ५५ जना आफन्तको डीएनए नमुना संकलन

रासस रासस
२०८३ भदौ २१ गते १९:५३

२१ भदौ, बाँके । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका ५५ जना व्यक्तिका परिवारको डीएनए सङ्कलन गरिएको छ ।

नागरिकको अवस्था पहिचान गर्न डीएनए नमूना सङ्कलन गरिएको र सो नमूना भोलि नै पठाइने जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेश बोहोराले जानकारी दिए ।

‘हामीले अझै पनि सम्पर्क नआउनु भएकालाई सम्पर्क गर्न खोजिरहेका छौं’, उनले भने । जिल्लाको बारबर्दिया नगरपालिका, बासगढी, नगरपालिका, मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका, ठाकुरबाबा नगरपालिकालगायत विभिन्न स्थानबाट डीएनए नमूना उपलब्ध भएको प्रहरीले जनाएको छ ।

बर्दियाका अझै ७४ जना व्यक्ति सम्पर्कविहीन छन् ।

जिल्ला प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई डीएनएका लागि नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरेको थियो । डीएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने छ ।

अन्य तीन जना पीडितका आफन्तले चितवन, काठमाण्डौं र बाँकेमा डीएनए नमूना परीक्षण गराएको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?