Comments Add Comment

सबै व्यवसाय सञ्चालन गर्न पाकिस्तानको सर्वोच्च अदालतको निर्देशन

६ जेठ, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले मुलुकमा सबै व्यवसाय सञ्चालनको लागि सरकारलार्य निर्देशन दिएको छ । सर्वोच्च अदालतले कोरोना भाइरस पाकिस्तानको लागि महामारी नभएको घोषणा पनि गरेको छ । साथै प्रादेशिक सरकारलाई शपिङ मल खोल्न निर्देशन दिइएको छ ।

पकिस्तानको संघीय सरकारले यो अदालतले सोमबार दिएको यो निर्देशनको स्वागत गरेको छ । अदालतले सरकारको कोरोना नियन्त्रणको सरकारको निर्णय सुनेपछि यस्तो निर्देशन दिएको हो । अदालतले अहिले पाकिस्तानमा अन्य रोगहरु पनि रहेको र यी रोगहरुबाट पनि दैनिक उल्लेख्य संख्यामा मानिसहरुको मृत्यु हुने गरेको उल्लेख गर्दै अहिलेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) पाकिस्तानको लागि महामारी नरहेको बताएको छ ।

सोमबार पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ हजार नौ सय ६६ पुगेको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि नौ सय ३९ पुगेको छ ।

पछिल्लो केही दिनयता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मुलुकको लकडाउन खुकुलो पार्दै आएका छन् । मुलुकमा कोरोना भाइरसको जोखिम रहेको भए पनि आर्थिक नोक्सानीबाट मुलुकलाई बचाउन यो कदम आवश्यक रहेको प्रधानमन्त्री खानको भनाइ छ ।

स्रोत : अलजजीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment