+
+
Shares

सिन्धुपाल्चोकलाई चीनले दियो स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १५:३६

६ जेठ, काठमाडौं । चीनको न्यालम राज्यले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सोमबार तातोपानी भन्सारमा आयोजित कार्यक्रममा चिनियाँ अधिकारीले एक करोड तीन लाख नेपाली रुपैयाँ बराबरको मास्क, थर्माेमिटर, पीपीई तथा कोरोना परीक्षण गर्ने टेष्ट किट हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

चीनसँग सिमाना जोडिएको जिल्लाहरुमा दिइने सहयोग अनुसार न्यालम राज्यले उक्त सहयोग उपलब्ध गराएको हो ।

एक लाख ३० हजार डिस्पोजेवल मास्क, १५ हजार थान एन नाइन्टी फाइभ मास्क, एक हजार एकसय थान पीपीई, एकसय इन्फ्रारेड थर्मोमिटर र एक हजार पाँच सय थाप टेष्ट किट रहेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जनाकारी दिए ।

उक्त सहयोग सामग्री सिन्धुपाल्चोक जिल्लाका लागि मात्रै लक्षित भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?